माओवादीको जागरण अभियान स्थगित

माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराईरमधेश जागरण अभियान स्थगित भएको छ ।

राजावादीहरुको सक्रियता बढेपछि अभियान स्थगित गरिएको हो । झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया