काठमाडौ– इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा ३४ जनाको मृत्यु भएको छ ।
सेनाले विद्रोही लुक्ने ठाउँलाई लक्षित गर्दै आक्रमण गरेको बताइएको छ । समाचार संस्था रोयटर्सले गाजाको देर अल–बलाहमा तीनवटा घरलाई निशाना बनाइएको बताएको छ । गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु र ७० जना घाइते भएको बीबीसीले जनाएको छ । गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ ।