सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ७५ हजार बढी

काठमाडौ– नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका रेकर्ड तोड्दै सुनको छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम थियोे । आज १ हजार १०० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया