


काठमाडौ– नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान बिहीबारबाट फेरि शुरु हुने भएको छ ।
फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान रौतहटमा पुगेर स्थगित भएको थियो ।
अभियान मधेस प्रदेशको बारा र पर्सामा बाँकी छ । अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू बुधवार बारा पुग्ने कार्यक्रम छ । अभियान कञ्चनपुर पुगेर सकिनेछ । अभियानमा केन्द्रीयस्तरका सबै नेताहरुको अनिवार्य सहभागिता गराइएको छ ।


