


काठमाडौ– दोस्रो टि–२० मा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । डर्बनमा पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य न्युजिल्याण्डले ११ बल बाँकी छदै भेट्टाएको हो । वर्षाका कारण खेल १५ ओभरमा छोट्ट्याइएको थियो ।
पाकिस्तानका लागि सलमान आगाले सर्वाधिक ४६ रन बनाए । जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डका लागि टिम सेफर्टले २२ बलमा ४५ रन बनाए ।


