काठमाडौ – काठमाडौ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन स्थगित भएको हो ।
त्रिविले मंगलबारका लागि ६२ वटा आङ्गिक र सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचनको मिति तय गरेको थियो । तर, तालाबन्दीका कारण ति कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा स्थागित भएको हो ।
सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ । आरआर र अमृत साइन्समा भने सोमबार मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो ।