एसईई शान्तीपूर्ण रुपमा सम्पन्न हुन्छ : शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईलाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले एसईई परीक्षालाई व्यवस्थित गर्नको लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड लगायतका निकायहरूको नियमितजसो बैठक बसिरहेको बताइन् ।

अहिले माध्यमिक शिक्षा परीक्षा एसईईको सन्दर्भमा धेरै कुराहरू उठिरहेका छन् । अब एसईईलाई व्यवस्थित बनाएर जाउँ भन्ने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड लगायतका सरोकारवालाहरूका बैठक लगातार बसिरहेको उनलृ बताइन ।

परीक्षा केन्द्रमा प्रहरी परिचालन गरेर विद्यार्थीहरूमा डर र त्रास पैदा गर्नुभन्दा व्यवस्थित रुपमा परीक्षा संचालन गर्न सामथ्र्यवान छौं भन्ने प्रमाणित गर्न प्रत्येक परीक्षा केन्द्रहरूलाई निर्देशन दिइएको समेत बताइन् ।

प्रतिक्रिया