काठमाडौँ । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालको नयाँ गीत हिजै राती सपनीमा सार्वजनिक भएको छ।
मंगलबार ढकालको आफ्नै युट्युब च्यानल मार्फत उक्त बोलको गीत सार्वजनिक भएको हो। शिखर सन्तोषले कम्पोज गरेको गीतमा चर्चित कलाकार आनन्द कार्कीले स्वर दिएका छन भने शब्द ढकालको आफ्नै रहेको छ।
दिपेन्द्र खत्री, ज्योति खडका र राजन राज घिमिरेले अभिनय गरेको गीतको पत्रकार सिमोन न्यौपानेले निर्देशन गरेका छन।
निर्देशक ढकालले यसअघि छोरो गयो परदेश लगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेका छन।