काठमाडौ– अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् ।
भारतीय समयअनुसार बिहान ३ ः२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको हो ।
अन्तरिक्षयानबाट बाहिर निस्किदा उनीहरुको अनुहारमा मुस्कान देखिएको थियो । उनीहरु १७ घण्टापछि जमिनमा पुगेका हुन् ।
सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए । त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् ।