काठमाडौ– मिनि जनमत संग्रहका रुपमा लिइने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काठमाडौ उपत्यकामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पहिलो शक्तिको रुपमा देखिएको छ ।
काठमाडौं उपत्यकामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका मध्ये १३ वटा क्याम्पसहरूको आधिकारिक नतिजा आएको छ । जसमा अखिल क्रान्तिकारी ५ क्याम्पसमा जित निकाल्न सफल भएको छ ।
क्रान्तिकारीबाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी सभापतिमा विजयी भएका छन् ।
नेविसंघले चार स्थानमा जित निकालेको छ । थापाथली इन्जिनयरिङ क्याम्पसमा प्रल्हाद खड्का, महारजगन्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशाान अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का सभापतिमा विजयी भएका छन् ।
अनेरास्ववियुले तीन स्थानमा जित निकालेको छ । नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा र ललितकला क्याम्पसमा आशिष पौडेल सभापतिमा विजयी भएका छन् ।
पुल्चोक इन्जिनयरिङ क्याम्पसमा भने स्वतन्त्र उम्मेद्धार स्वयं श्रेष्ठ विजयी भएका छन् ।