काठमाडौ– नेपाली बजारमा सुनको मूल्यले फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । बुधबार (आज) सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।