


काठमाडौ– प्रिमियर लिग (आइपिएल) २०२५ मा दिल्ली क्यापिटल्सकोक कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । सोही टोलीमा रहेका फाफ डु प्लेसिस भने उपकप्तान हुने भएका छन् ।
डु प्लेसिस २०२४ को आइपिएलको अन्त्यसम्म रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान थिए ।
यस वर्ष अनुबन्ध भएका र पूर्वआइपिएल कप्तान पनि रहेका केएल राहुललाई भन्दा दिल्लीले डु प्लेसिसलाई प्राथमिकतामा राखेको छ ।
डु प्लेसिस सबै फम्र्याटका दक्षिण अफ्रिकाका पूर्वकप्तान हुन् ।


