कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं – नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक तय गरिएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।
मंगलबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया