आजदेखि एसइई शुरु , ५ लाख १४ हजार विद्यार्थी सहभागि

काठमाडौ– माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ । देशभर परिक्षाका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया