काठमाडौ– अन्ततः धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै आजदेखि नयाँ व्यवस्था लागु गरिएको हो ।
यो व्यवस्थासँगै बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने छ ।
यसअघि अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आउन सफल भएका थिए ।
अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ । यसले सेयर बजारमा हुने चलखेल रोकिने बताइएको छ ।