


काठमाडौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको टिप्पणी गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, प्रचण्डले लेखेका छन् ।
अगाडी लेखिएको छ,‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’


