अर्जेन्टिनाका मार्टिनेजले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने

काठमाडौ– अर्जेन्टिनाका स्ट्राइकर खेलाडी लाउटारो मार्टिनेजले उरुग्वे र ब्राजिलविरुद्धको आगामी विश्वकप छनोट खेल गुमाउने भएका छन्।
हमस्ट्रिङ चोटका कारण उनले उक्त दुई खेल गुमाउने अर्जेन्टिनियन फुटबल संघ (एएफए) ले जनाएको छ ।
इन्टर मिलानका स्ट्राइकर मार्टिनेजले गत हप्ता फेयनोर्डविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग खेलमा मांसपेशी असहजता गरेपछि मैदान बाहिर बस्नुपरेको थियो ।
उनको बायाँ खुट्टाको हमस्ट्रिङमा चोट देखिएको छ । त्यसैले उनी अर्जेन्टिनाका लागि उपलब्ध नरहने बताइएको छ ।
१२ खेलपछि अर्जेन्टिना २५ अंकसहित कोनमेबल विश्वकप छनोटको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया