


काठमाडौ– सरकारका उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न हुने दाबी गरेका छन् ।
प्यारापिट निर्माणको काम अवलोकन गर्न बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका सिंहले यस्तो दाबी गरेका हुन् ।
फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सकारात्मक सन्देश दिनुपर्ने मन्त्री सिंहले बताए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो।
२०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
१० हजार सिट क्षमताको प्यारापिट बन्नेछ भने ६ वटा फ्लड लाइट जडान गरिनेछ । प्यारापिटमा छाना भने हुने छैन । तर त्यसमा सिट जडान गरिनेछ । त्रिवि क्रिकेट मैदान नेपालको सबैभन्दा पुरानो अन्तराष्ट्रिय क्रिकेट मैदान हो ।


