गणतन्त्रवादीमाथि शाहीको हमला : राजाको स्वागत गर्दा मुटु हल्लियो, आन्दोलन गर्दा के होला ?

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको विषयलाई लिएर गणतन्त्रवादीहरुमाथि हमला गरेका छन् । उनले राजालाई स्वागत गर्दा गणतन्त्रवादीहरूको मुटु हल्लिएको र आन्दोलन गर्नुपरे के हालत होला भन्दै प्रश्न गरे ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले यस्तो टिप्पणी गरेका हुन् ।
शाहीले भने,‘स्वागत गर्दा त मुटु हल्लियो, कलेजो हल्लियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्नुप¥यो भने हालत के हुन्छ ?’
उनले राजा नफर्किने तर अस्तु नभेटिने माक्र्स, लेनिन चाहिँ कसरी भेटिन्छन् भन्दै प्रतिप्रश्न गरे ।
शाहीले जनतालाई उल्लु बनाइरहेको भन्दै गणतन्त्रवादीमाथि कटाक्ष गरे ।

प्रतिक्रिया