राजावादीको प्रदर्शनबारे बोल्यो कांग्रेस, निर्णयसहित

Default Thumbnail

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले जनताका आवश्यकतालाई संविधानमार्फत नै सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ ।आइतबार बसेको कार्यसम्पादन बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको बताउँदै यस व्यवस्थाप्रति आफूहरुले प्रतिवद्ध रहेको उल्लेख गरे ।

सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको महतले बताए । जनताद्वारा आएको यस व्यवस्थाप्रति आफुहरु पूर्ण प्रतिवद्ध रहेको र संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्त्वाकांक्षालाई सम्बोधन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया