प्रधानमन्त्री ओलीसहित देउवा र प्रचण्डको बैठक बस्दै

काठमाडौ– प्रमुख राजनीतिक तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक आज बस्न लागेको हो ।
बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने नेताहरुले बताएका छन् ।
राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादीहरु सक्रिय भएपछि तीन दलका नेताहरु पहिलोपटक एकै छलफलमा जुट्न लागेका हुन् । पछिल्लो समय राजावादी शक्तिको सक्रियता बढ्दै गएको छ ।

प्रतिक्रिया