काठमाडौ– नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ । माओवादी पार्टीको काठमाडौमा हुने आमसभाको तयारी र अन्य राजनीतिक छलफलका लागि तयारी गर्न अभियान स्थगित भएको हो ।
यसअघि गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।
सो अभियान बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको थियो । चितवनसम्म आइपुगेको अभियान सोमबारदेखि केही दिनका लागि स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभाको आयोजना गर्दैैछ ।
त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित हो ।
अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ ।
अब गण्डकी प्रदेश हुँदै सुदूरपश्चिमसम्मको कञ्चनपुर पुगेर अभियान समापन हुनेछ ।