एजेन्सी – अमेरिका रहेका अवैध पाँच लाख आप्रवासीलाई २४ अप्रिलबाट डिपोर्ट गर्ने तयारी भएको छ ।
पूर्व राष्ट्रपति जो बाइडेन कार्यकालमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको हो ।
वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि नै जारी गरिसकेको छ । क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता समाप्त भइसकेको छ ।
अमेरिकाको गृह मन्त्रालयले सूचना जारी गर्दै बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप समेत लगाएको छ ।