नेपाल ल क्याम्पसमा स्ववियू निर्वाचन चैत १९ गते हुने

काठमाडौ– नेपाल ल क्याम्पसमा चैत १९ गते स्ववियू निर्वाचन हुने भएको छ । यसअघि विवादका कारण स्थगित भएको स्ववियू निर्वाचन चैत १९ गते हुने भएको हो ।
निर्वाचन चैत १९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।
यसअघि ५ गते हुने भनिएको निर्वाचन विद्यार्थी संगठनहरुको विवादका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया