स्पेन सेमिफाइनलमा, नेदरल्यान्ड्स बाहिरियो

काठमाडौ– आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध दोस्रो लेग ३–३ को बराबरीमा सकिएपछि ‘सडन डेथ’मा जित निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा स्पेनलाई जित दिलाउन मिकेल मारिनो, फेरान टोरेस, एलेक्स गार्सिया, एलेक्स बाइना र पेड्रीले गोल गरेका थिए । स्पेनका युवा फरवार्ड लामिन यमलले गोल गर्न सकेनन् ।
विपक्षी टोलीका भर्जिल भान डाइक, टेउन कुम्पमेनर्स, जाभी सिमोन्स र केनेथ टेलरले गोल गरेका थिए । नाओ लाङ र डोन्यल मालेन पेनाल्टीमा चुके ।
स्पेनले अब अन्तिम–४ मा फ्रान्ससँग खेल्नेछ । फ्रान्सले आइतबारै भएको अर्को खेलमा क्रोएसियाविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया