पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै विजयी

काठमाडौ । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भएका छन्, भने नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भए ।

प्रतिक्रिया