काठमाडौ– नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिट डिस्प्ले ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखेको पाइएपछि कार्यालय प्रमुखमाथि कुटपिट भएको छ ।
डिजिटल डिस्प्ले ह्यक गरेर प्रधानमन्त्रीलाई असम्य शब्द लेख्दै देश छोड लेखिएको थियो । उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एक समुहले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेका छन् ।
उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्षसमेत तोडफोड गरेका हुन् ।