त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन फेरी स्थगित

काठमाडौ । त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन स्थगित भएको छ । चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।

आज बिहान ८ बजेबाट मतदान हुने भनिए पनि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको हो । केही विद्यार्थीले फेरि मूख्यगेटमा तालाबन्दी गरेकाले अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन रोकिएको बताइएको छ ।

प्रतिक्रिया