सुदूरपश्चिममा माओवादीभित्रको विवाद मिलाउन प्रचण्डलाई सकस

Default Thumbnail

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रभित्रको विवाद साम्य हुन सकेको छैन । संसदीय दलको नेतृत्व परिवर्तन, मन्त्री चयन प्रक्रिया र पार्टी व्यवस्थापनमा देखिएका असन्तुष्टिका कारण विवाद सतहमा आएको हो ।

यो विवादले पार्टीको संगठनात्मक संरचनालाई कमजोर बनाउनुका साथै संसदीय दलको भूमिकालाई प्रभाव पारिरहेको छ । केन्द्रीय नेतृत्वले पार्टीभित्रको विवाद मिलाउन दिएको निर्देशनसमेत कार्यान्वयन हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको नेतृत्व परिवर्तन विवादको मूल जड हो । २०८० माघ १२ गते बहुमत सांसदहरूले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए । १० सांसदमध्ये धामीको पक्षमा ६ जना र भट्टका पक्षमा ४ जना थिए ।

प्रतिक्रिया