सुकुम्वासीको समस्या हल नगरे आन्दोलन गर्ने चेतावनी

पोखरा । पोखराका भूमिहीनहरूले भूमि सम्बन्धी समस्या तत्काल समाधान नगरे दलका नेताहरूको घरदेखि अफिससम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

भूमि समस्या समाधान आयोग कास्कीका नवनियुक्त प्रमुख बैनबहादुर गुरुङ सहित सदस्यहरूलाई बधाई दिएर उनीहरूले भने, ‘समस्या समाधान तत्कालै नगरे आन्दोलनमा जान्छौँ ।’

राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले राजनीतिक दलका भूमिहीनलाई गोटीको रूपमा मात्रै प्रयोग गरेर समस्या ज्यूँका त्यूँ राखिएको गुनासो गरे । ‘यो नै अन्तिम आयोग हो । यसपछि कुनैपनि आयोगलाई मान्दैनौँ,’ उनले भने, ‘यसअघिका आयोगले गरेका रिपोर्ट पनि अध्ययन गर्नुपर्‍यो र छिटो टुंग्याउनुपर्‍यो । सधैँ अध्ययन गर्ने, छोड्ने र हिँड्ने गरेका छन् ।’

प्रतिक्रिया