एमालेले चैत ३० गते झापामा जनसभा प्रदर्शन गर्ने

चैत १५ । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उतार्ने बताएका छन् ।

बिहीबार दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए । जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे । उनले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताए ।

एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको दाबी छ । नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको उनको आरोप छ ।

प्रतिक्रिया