अचानक ढुंगामुढा र आगजनी भएपछि ज्यान जोगाएर भाग्यौं : जडीबुटी उत्पादन कम्पनीकी महाप्रबन्धक

चैत १५ , काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको कम्पनीकी महाप्रबन्धक संगीता यादवले बताइन् । उनका अनुसार आगजनीबाट पार्किङमा राखिएका आधा दर्जन गाडी जलेका छन् ।

‘हामी अफिसका कर्मचारी भित्र बसेर काम गरिहेका थियौं । अचानक बाहिरबाट ढुंगामुढा गरेर भवनको सिसा फुटाउन थालेपछि ज्याउन जोगाउन पछाडिको बाटो भएर भागेको उनले बताइन । उनका अनुसार मुख्य भवनमा आगो लागेको छ ।

प्रतिक्रिया