काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहील गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशतसम्म छुट हुने भएको छ ।
यो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षर भएसँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उल्लेखित छुट पाउने भएका हुन् । छुटका लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने भनिएको छ ।