वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको भन्दै फ्रान्सका प्रधानमन्त्रीले अमेरिकालाई गाली गरेका छन् । अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोग रोक्नुलाई फ्रान्कोइस बायरोले असहनीय बताएका छन् ।
युक्रेनलाई जसरी असहाय छोडिएको छ त्यो एक तरिकाले रूसको लागि सम्भावित विजय भएको उनको भनाइ थियो । मंगलबार फ्रान्सेली सिनेटरहरूलाई सम्बोधन गर्दै उनले ट्रम्पको कडा आलोचना गरेका थिए । सहायता रोकेर उनले कसलाई मूर्ख बनाइरहेका छन् भनेर पनि उनले सोधेका थिए ।