वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अब सरकारी सम्पत्ति बेच्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले ४४३ वटा बढी सङ्घीय सम्पत्तिहरूको सूची जारी गरेको छ । यसमा एफबीआई मुख्यालयदेखि न्याय मन्त्रालयको मुख्य भवनसम्म कयौँ सरकारी भवन परेका छन् । यी भवनहरू सरकारी कामका लागि महत्त्वपूर्ण नभएको ट्रम्प प्रशासनको ठम्याई छ ।
सामान्य सेवा प्रशासनले जारी गरेको सूचीमा देशका हरेक राज्यका भवनहरू छन् । यसमा अदालतदेखि कार्यालय र पार्किङ ग्यारेजसम्म सम्पत्ति छन् । सूचीमा वासिङ्टन डीसीमा रहेका कयौँ सरकारी एजेन्सीहरूको मुख्यालय समावेश छ । यसमध्ये केही एफबीआईको मुख्यालय, जे. एडगर हूवर भवन, न्याय मन्त्रालयको रोबर्ट एफ. केनेडी भवन, पुरानो हुलाक कार्यालय भवन, अमेरिकी रेडक्रसको मुख्यालय, श्रम मन्त्रालय र आवास तथा शहरी विकास मन्त्रालयका भवनहरू पनि बेच्न लागिएको सम्पत्तिको सूचीमा छन् ।