काठमाडौं– पियोर इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले बैंक खुल्ने समय देखि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ ।आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।