


काठमाडौं– आइपीएल क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध ५८ रनको सहज जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न खेलमा गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.२ ओभरमा १५९ रनमै समेटिएपछि गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको लक्ष्य तयार पारेको थियो ।
आइपीएलमा आज दिल्ली क्यापिटल्स र रोयल चाइलेन्जर्स बैङलुरु भिड्दैछन् । आज जित निकाले दिल्ली फेरि शीर्ष स्थानमा जाने सम्भावना रहन्छ । जारी प्रतियोगितामा दिल्ली अपराजित छ ।


