१२५ प्रतिशतबढी कर लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । जसको मुख्य कारण हो उनले चीनमाथि लगाएको १२५ प्रतिशत भन्दा बढीको भन्सार दर (ट्यारिफ) ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने बताएका छन् ।
ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् ।
ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय बजारमा उछाल समेत आएको छ ।

प्रतिक्रिया