


काठमाडौं– यूईएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टोन भिल्लाविरुद्ध घरेलु टिम पेरिस सेन्ट जर्मन पीएसजी पुनरागमन जित निकालेको छ । उसले ३–१ को पुनरागमन जित निकालेको हो ।
बुधबार राति घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजीले १–० ले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको हो । पीएसजीको जितमा डेसाइर डोइ, खभिचा काभारत्स्खेलिया र नुनो मेन्डेसले गोल गरे । विपक्षी टोलीका लागि मोर्गन रोजर्सले एक गोल गरेका थिए ।
यी दुई टिमबीचको दोस्रो लेग एस्टोन भिल्लाको मैदानमा अप्रिल १६ मा हुनेछ ।


