नेपाल सुपर लिगमा पोखरा र धनगढीको खेल बराबरीमा

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल गोल रहित बराबरी टुङ्गीएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
धनगढी तीन खेलबाट ५ अङ्कसहित तेस्रो स्थानमा छ । ५ खेल खेलेको पोखरा ४ अङ्कसहित पाँचौं स्थानमा रहेको छ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।

प्रतिक्रिया