डोटीमा चट्याङ लागेर आमाको मृत्यु, चार सन्तानसहित सातजना घाइते

कञ्चनपुर–डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।
डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा कमलाका ४ सन्तान नै घाइते छन् । प्रहरीका अनुसार १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा घाइते भएका हुन् ।
यस्तै स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते भएका छन् । देशभर विभिन्न स्थानमा वर्षा र चट्याङ पर्ने क्रम जारी छ ।

प्रतिक्रिया