टि–२० क्रिकेटमा कुशल बने सर्वाधिक अर्धशतक प्रहार गर्ने नेपाली

काठमाडौं – नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल टि–२० क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
कुवेतविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै उनले दिपेन्द्रसिंह ऐरीलाई पछि पारेका हुन् ।
दिपेन्द्रको नाममा ९ अर्धशतक छन् । कुशलले आज १० औं अर्धशतक प्रहार गरेपछि उनी सर्वाधिक अर्धशतक बनाउने नेपाली खेलाडी बनेका हुन् ।
यस्तै कुवेतविरुद्धको खेल पनि नेपालले ६ विकेटले जितेको छ । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।
हङकङमा जारी टि–२० सिरिजमा नेपालसहित ४ देश सहभागि छन् ।

प्रतिक्रिया