सुनको मुल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ५७ सय बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ । हालसम्मकै सुनको मुल्य यो दरमा पुगेको थिएन । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चैत २१ गते छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि २१ गतेकै मुल्य सर्वाधिक थियो ।

प्रतिक्रिया