काठमाडौं– आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा.दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको वार्ता बिना निस्कर्ष टुङिगएको हो । ट शिक्षक महासङ्घका सह अध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो । दुवै पक्षबीच निरन्तर सम्वाद राख्ने सहमती भएको छ । पछिल्लो २ सातादेखि देशभरका शिक्षक काठमाडौंमा केन्द्रीत भएर आन्दोलनमा जुटेका छन् ।