चितवनलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको शीर्ष स्थानमा

काठमाडौं–नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनलाई हराउँदै ललितपुर सिटी एफसी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले चितवनलाई २–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको हो । योसँगै चार खेल खेलेको ललितपुरको आठ अङ्क भएको छ । समान खेलबाट सात अङ्क रहेको चितवन दोस्रो स्थानमा रहेको छ ।
नेपाल सुपर लिगमा आज काठमाण्डौ रेजर्स र धनगढी खेल्दैछन् ।

प्रतिक्रिया