न्युयोर्कमा हेलिकप्टर दुर्घटना : पाँच स्पेनीसहित छ जनाको मृत्यु

एजेन्सी–अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक जना पाइलट सवार थिए ।
दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । दुर्घटनाबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा हेलिकप्टर आकाशबाट उल्टो परेर खस्दै हडसन नदीमा झरेको देखिएको छ ।

प्रतिक्रिया