आईपीएल : कोलकाताले चेन्नई हरायो, आज दुई खेल

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।
चेन्नई कोलकातासँग आठ विकेटले पराजित भएको हो ।
चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो । कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डि ककले २३ रनको योगदान गरे ।
त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।
आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबाद र पन्जाब किङ्स खेल्दैछन् ।

प्रतिक्रिया