काठमाडौं– चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनको नयाँ कीर्तिमान बनाएको छ । ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको हो । चीनको हवाइ उद्योग निगम (एभीआईसी) का अनुसार झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् ।
कीर्तिमानी उडान चीनको दक्षिण–पश्चिम सिचुवान प्रान्तको दुज्याङयान क्षेत्रमा भएको थियो ।
ड्रोनलाई उडाउनको लागि चालकविहीन सवारीसाधनको छतमा राखिएको थियो ।
उडानको क्रममा ड्रोनले आफ्नो बोर्डमा रहेको प्रविधिमार्फत जमिनबाट टाढा रहेर पनि स्थायी रूपमा निगरानी गर्न सक्ने क्षमता देखाएको थियो ।