धनगढीको सुप रेष्टुरेन्टबाट एक लाखसहित १३ जुवाडे पक्राउ

कञ्चनपुर– कैलालीको धनगढीबाट एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका –३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार होटल सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी–३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका–२ बस्ने ४१ वर्षीय दुर्गा अधिकारी छन् ।
यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका– २ का ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका–६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका–१ बस्ने २८ वर्षीय दिनेश पन्त पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया