देउवाकै अगाडि शेखरले गरे सरकारको आलोचना, भने–कांग्रेस सत्तामा छ, सरकारमा छैन

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको पुरानै बोलीलाई निरन्तरता दिएका छन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो विषय दोहर्याएका हुन् ।
कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा पनि थिए । कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।
उनले कांग्रेस–एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई अगाडी बढाउनुपर्ने बताए ।
उनले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया